साझेदारीका लागि आशय पत्र (Expression of Interest) आह्वान

केयर नेपालले सन् १९७८ देखि नेपालमा मानवीय सहायता, गरिबी निवारण र सामाजिक न्यायको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको एक अग्रणी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । केयर नेपालले विगत साढे चार दशकदेखि नेपालमा सामाजिक अन्यायका अन्तर्निहित कारणहरूको सम्बोधन, विभेदपूर्ण सामाजिक मूल्य मान्यता र प्रचलनको सकारात्मक रूपान्तरण, गरिबीको अन्त्य र सामाजिक न्याय प्राप्तिका लागि सीमान्तकृत महिला तथा किशोरीहरूसँग काम गर्दै आइरहेको छ ।

केयर नेपालले रसुवा बाढी प्रभावित समुदायको तत्काल राहत, पुनर्स्थापना र पुन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रसुवा, नुवाकोट र धादिङ जिल्लामा सञ्चालन गर्ने “रसुवा (भोटेकोसी) बाढी प्रतिकार्य कार्यक्रम” कार्यान्वयनका लागि तपसिलका न्यूनतम मापदण्डहरू पुरा गरेका स्थानीय गैरसरकारी संस्थाहरूबाट साझेदारीका लागि आशय पत्र (Expression of Interest) आव्हान गरिएको छ ।

सम्भावित साझेदारीका लागि संस्थाले पुरा गर्नुपर्ने न्यूनतम मापदण्डहरू:

१. जिल्ला प्रशासन कार्यालय (जि.प्र.का.) रसुवा, नुवाकोट वा धादिङ मध्ये कुनै एक जि.प्र.का.मा विधिवत् दर्ता भई नवीकरण भएको ।

२. माथि उल्लेखित कुनै जिल्लामा परियोजना कार्यान्वयन गर्न इच्छुक भएमा सम्बन्धित जिल्लाको जि.प्र.का. बाट स्वीकृति लिएको ।

३. प्रचलित नियमानुसार समाज कल्याण परिषद्मा आबद्ध भई नवीकरण अद्यावधिक भएको ।

४. स्थायी लेखा नम्बर (PAN) दर्ता भएको ।

५. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता भएको ।

६. विगत दुई आर्थिक वर्षको वित्तीय लेखा परीक्षण प्रतिवेदन उपलब्ध भएको ।

७. विपद् प्रतिकार्य, पुनर्स्थापना तथा समुदायमा आधारित कार्यक्रमहरूको कार्यान्वयनमा कम्तीमा २ वर्षको अनुभव भएको ।

यसरी आशय पत्र पेश गर्दा तोकिए बमोजिमको फाराममा संस्थागत विवरण सहित माथि उल्लेखित न्यूनतम मापदण्ड पूरा भएको पुष्ट्याइँ हुने प्रमाण संलग्न गरी केयर नेपालको नाममा “Expression of Interest- Rasuwa (Bhotekoshi) Flood Response Program” उल्लेख गरि सिलबन्दी आवेदन तल उल्लेखित ठेगानामा वा तल दिइएको इमेल ठेगानामा मिति २०८३ साल असोज २० गरे तदनुसार ६ अक्टोबर २०२६ कार्यालय समय ५:०० बजेसम्म आइपुग्ने गरी पठाउन अनुरोध छ । सबै कागजातहरू स्पष्ट हुनुका साथै PDF ढाँचामा आवेदन बुझाउनुपर्नेछ । आवेदनसम्बन्धी फारामहरू यसै सूचनामा उल्लेख छ ।   

आशय पत्रको ढाँचा (EOI Template) अनुसार छनोट भएका संस्थाहरूलाई मात्र सम्पर्क गरिनेछ । यस प्रक्रियामा कुनै संस्थाको पक्षमा वा विपक्षमा प्रभाव पार्ने खालको कुनै हस्तक्षेप, दबाब वा अनुचित व्यवहार गरेको देखिएमा, सो संस्थाले पेश गरेका आशय पत्र स्वतः खारेज हुनेछ ।

नोट: साझेदार संस्थाहरूको अन्तिम छनोट उपलब्ध वित्तीय स्रोत (secured funding) मा निर्भर रहनेछ । यस सूचना बमोजिमको आशय-पत्र आह्वान सम्बन्धी छनोट प्रक्रियाहरू कारण देखाई वा नदेखाई आंशिक वा पूर्ण रूपमा स्थगन वा रद्द गर्ने अधिकार केयर नेपालमा निहित रहेको छ ।

सिलबन्दी आशय पत्र पेश गर्ने ठेगाना:

केयर नेपाल, वडा नम्बर ४, एकान्तकुना, ललितपुर, नेपाल, पोस्ट बक्स नं. १६६१

टेलिफोन नं. ०१–५४२२८००

आशय पत्र पेश गर्ने इमेल ठेगाना: npl.carenepal@care.org